१४ भदौ, वीरगंज । मधेस केन्द्रित दलका कार्यकर्ताले एमालेको वीरगन्जको रामगढवा स्थित रहेको पार्टी कार्यालयमा आगजनी गरेका छन । उनीहरुले पार्टी कार्यालय भित्र रहेको टेबुल, कुर्सी, दराज, कागजपत्र लगायतको समानहरु जलेर नष्ट भएको छ । पार्टी कार्यालय भित्र रहेको स्वर्गीय मनमोहन अधिकार र मदन भण्डारीको शालिक समेत तोडफोड गरेका छन ।
आक्रोसित भीडले वीरगन्जको मेनरोड घण्टाघरदेखि पावरहाउस चोकसम्म विचभरी अवरोध गरी आगजनि गरेका छन् ।
मोर्चाका नेता कार्यकर्ताहरुले रानीघाट प्रहरी चौकी, गण्डक अस्थायी प्रहरी विट, अशोकवाटिका प्रहरी विटमा रहेको प्रहरीको समानीहरु बाहिर निकाली आगजनि गरेका थिए । त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयामा समेत तोडफोड गरेका छन । हजारौको संख्यामा सडकमा उत्रिएका आन्दोलनकारीहरु हेरेर प्रहरीहरु भागेर आफनो ज्यान जोगाएका थिए ।
उनीहरुले सिचाई कार्यालय, जिल्ला विकास कार्यालय, नापी कार्यालय, लगायतका सरकारी कार्यालयहरुमा समेत तोडफोड गरी आगजनी गरेका छन । त्यस्तै छपकैया स्थित मेनरोडमा रहेको पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको शालिक समेत पूर्ण रुपमा तोडफोड गरेका छन । आन्दोलनकारीहरुले वीरगन्जको विर्तामा रहेको नापी कार्यालयमा तोडफोड गर्नुका साथै बाहिर पार्किङ्ग गरी राखेको ना १ झ २७९ नम्बरको गाडीमा समेत आगजनि गरेका छन । स्थिती नियन्त्रणमा हुन नसक्दा सुरक्षा समितिले दिउँसो ४ बजेबाट अनिश्चितकालिन कर्फ्र्यु जारी गरेको थियो । कर्फ्यु जारी भएको समयमा समेत कर्फ्यु उल्लंघन गरी आक्रोसित भिडले सबैतिर आगजनी गरेको हो ।












