१४ भदौ, रुपन्देही । भदौ ३ गते भैरहवामा भएको झडपपछि बेपत्ता भएका एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन् । बोधवार वडा नं ३ का स्थायी बासिन्दा रामेश्वर पासीको शव आज भेटिएको हो । प्रहरीले उनको शव बेलहिया नजिकैको डण्डा खोलामा फेला पारेको थियो । यो सँगै रुपन्देही झडपमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।













