१४ भदौ, स्याङ्जा । स्याङ्जा जिल्लाको रापाकोट गाविस वडा नम्बर ५ मा पहिरो जाँदा गाउँ नै जोखिममा परेको छ । अविरल वर्षाका कारण रापाकोट वडा नम्बर ५ अन्तर्गतको छाप गाउँमा गएको पहिरो कारण केही घरमा भने मानिस बस्नै नहुने भएको छ । अर्जुनचौपारी गाविस र रापाकोट गाविसको सिमानजिकैको भिरालो जमिनमा लगाता पहिरा गइरहँदा मोटरबाटो समेत ध्वस्त भएको छ । पर्वतसम्म पुग्ने सडक अबरुद्ध हुँदा स्याङ्जाका अर्जुन चौपारी, रापाकोट, आरुचौर गाविसका वासिन्दा प्रभावित भएका छन् । त्यस्तै पर्वतको पाखापानी, लंखु देउराली, भोर्ले लगायतका गाविसहरु समेत रापाकोटमा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रभावित भएका छन् ।














