१४ भदौ, काठमाडौं । पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप भएपछि स्थिति तनावग्रस्त भएको छ । वीरगञ्जको नगवाचोक बाइपास क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाइ फायर गरेको छ । प्रहरीले केही राउण्ड रबरका गोली समेत प्रहार गरेको छ ।

झडपमा ८ जना घाइते भएका छन् भने दुई जना गम्भीर रहेको हाम्रा संवाददाताले जनाएका छन्। गम्भीर घाइते कृष्णकुमार पटेल र एक महिला सैमन नेसाको उपचार घाइतेहरुहको नारायणी अस्पतालमा भैरहेको छ ।
बाइपास सडकको नगवा चोकमा मोर्चाका कार्यकर्ताहरुले सडक अबरुद्ध पारेर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ । झडप आइतबार साँझसम्म भएको थियो भने सोमबार पनि विहानैदेखि झडप भैरहेको छ ।











