१४ भदौ, काठमाडौं । गम्भीर विरामी परेका राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ उपचारका लागि अन्ततः अमेरिका लगिएको छ । प्याङ्क्रियाजमा संक्रमणको देखिएपछि उपचारका लागि दिल्ली लगिएका गुरुङलाई दिल्लीबाटै अमेरिका लगिएको हो । ग्यास्ट्रिक समस्यका कारण काठमाडौंको नर्भिक भर्ना भएका उनलाई प्याङ्क्रियाजमा संक्रमण देखिएपछि दिल्ली रिफर गरिएको थियो । दिल्लीको मेदान्त अस्पतालमा समेत उपचार हुन नसकेपछि अमेरिका लगिएको गुरुङको पारिवारिक स्रोतले जानकारी दिएको छ ।












