११ भदौ, बुटवल । साउन २९ देखि भदौ २४ सम्मका लागि घरबिदा लिएर थारुहट आन्दोलनमा लागेका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर धनीराम चौधरीलाई सरकारले कारवाही गर्ने भएको छ ।

थरुहट आन्दोलनका संयोजकका रुपमा काम गरेका सरकारी कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले उनलाई कारबाहीका लागि भौतिक पूर्वाधार मन्त्रालयलाई लिखित निर्देशन दिएको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कारवाही प्रक्रिया अगाडि बढाएको जानकारी दिए । विहीबार पत्र नै पठाएर सत्य तथ्य बुझेर कारबाहीका निम्ति प्रकृया अघि बढाउन भनिएको सामान्य प्रशासन मन्त्री पण्डितले जानकारी दिए ।
कानुनविपरीत राजनीतिक आन्दोलनमा सरिक हुँदै आएकाले चौधरीलाई कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
प्राविधिक कर्मचारी भौतिक योजनाले हेर्ने भएकाले सोही मन्त्रालयले नै चौधरीलाई कारवाही गर्ने बताइएको छ ।













