११ भदौ, नुवाकोट । नुवाकोटको गोस्र्याङ गाविस वडा नम्बर दुईको काभ्रेमा बिहीबार राति गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
रातिदेखि अविरल रुपमा आएको वर्षाका कारण पहिरो खस्दा ३६ वर्षका सोमबहादुर तामाङ, उनकी श्रीमती ३५ वर्षकी सुकमाया तामाङ, ३५ वर्षका फुर्कमाया तामाङ, ११ वर्षका केशव तामाङ, आठ वर्षका पूर्ण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पहिरोमा परी १७ वर्षका छिरिङ तामाङ, २१ वर्षकी माया तामाङ, उमेर नखुलेका अशोक तामाङ, १२ वर्षका मनमाया तामाङ, आठ वर्षकी सञ्जुमाया तामाङ र ३५ वर्षका सुन्दरमान तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको टोली घटनास्थलतर्फ गइरहेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ ।












