८ भदौ, कैलाली । कैलालीको टीकापुरमा झडपमा संलग्न आन्दोलनकारीमध्ये प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सुरक्षाकर्मीमाथि आक्रमण गर्ने व्यक्ति भएको आशंकामा चार जनालाई मंगलबार कैलालीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउ परेको भन्दै उनीहरुमाथि छानविन भइरहेको बताएका छन् ।
पक्राउ गरी उनीहरुलाई अनुसन्धान गरिरहेको र दोषी पाइए कर्तव्य ज्यान मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।











