८ भदौ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेको स्थितिलाई एमाओवादीका नेता बाबुराम भट्टराईले भड्काएको आरोप लगाएका छन्।

संवाद समितिको सभापति जस्तो गरिमामय पदमा रहेको मान्छेले तल्लो स्तरको लान्छना लगाएर स्थिति भड्काउन नहुने देउवाले बताए।
मंगलबार आफ्नै निवासमा टिकापुर घटनाबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै देउवाले पछिल्लो समयमा बाबुराम भट्टराईले ट्विटमार्फत सामाजिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएकाले स्थिति असहज भएको आरोप लगाए ।
अहिलेको स्थितिमा थारूहरूलाई उक्साउनु नहुने देउवाले बताए । आफूलाई समेत तल्लो स्तरको लान्छना लगाएर भट्टराईले अपमानित गरेको दुखेसो देउवाले पोखे ।











