७ भदौ, कैलाली । कैलाली घटनामा मर्नेको संख्या २० पुगेको छ । १७ जना सुरक्षाकर्मी र ३ सर्वसाधारणको मृत्यु भएको सरकारले जनाएको छ । अझै कतिपयको शव नभेटिएको कारण मर्नेको संख्या यकिन हुन सकेको छैन । टीकापुरमा बन्दकर्ताहरुले गरेको आक्रमणमा सेती अञ्चल प्रहरी प्रमुखसहित चार सुरक्षाकर्मीको मृत्यु भएको हो । अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मणप्रसाद न्यौपाने, इन्सपेक्टर वलराम विष्ट, हवलदार ललित साउद र रामविहारी चौधरीको मृत्यु भएको सेती अञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चार सुरक्षाकर्मीसहित प्रदर्शनकारीतर्फ पाँच जनाको मृत्यु भएको कैलालीका सभासद् जनक चौधरीले जानकारी दिएको स्थानीय पत्रकार जयराज न्यौपानेले नेपालदेश डटकमलाई दिए । प्रर्दशनकारीतर्फ अझै बढी हताहत भएको जनाइएको छ । प्रहरीतर्फ डेढ दर्जन र प्रदर्शनकारीतर्फ दुई दर्जन घाइते भएको जनाइएको छ ।
टीकापुरनजिकै मनुवा र दुर्गौलीमा भिडन्त भएको थियो । भिडन्त अझै जारी रहेको जनाइएको छ ।
सरकारले कैलालीमा सेना परिचालन गरेको छ । गृहमन्त्री वामदेव गौतमले कैलालीमा संकटकाल घोषणा गरेर तत्कालै सेना परिचालन गरेको जानकारी दिए । आक्रमणकारीहरु यतिवेला स्थानीयको घरघरमा गएर लुकेर बसेका छन् ।













