७ भदौ, कैलाली । कैलालीको टीकापुरमा बन्दकर्ताहरुले गरेको आक्रमणमा सेती अञ्चल प्रहरी प्रमुखसहित चार सुरक्षाकर्मीको मृत्यु भएको छ । अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मणप्रसाद न्यौपाने, इन्सपेक्टर वलराम विष्ट, हवलदार ललित साउद र रामविहारी चौधरीको मृत्यु भएको सेती अञ्चल प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चार सुरक्षाकर्मीसहित प्रदर्शनकारीतर्फ पाँच जनाको मृत्यु भएको कैलालीका सभासद् जनक चौधरीले जानकारी दिएको स्थानीय पत्रकार जयराज न्यौपानेले नेपालदेश डटकमलाई दिए । प्रर्दशनकारीतर्फ अझै बढी हताहत भएको जनाइएको छ । प्रहरीतर्फ डेढ दर्जन र प्रदर्शनकारीतर्फ दुई दर्जन घाइते भएको जनाइएको छ ।
टीकापुरनजिकै मनुवा र दुर्गौलीमा भिडन्त भएको थियो । भिडन्त अझै जारी रहेको जनाइएको छ ।











