७ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले वहुमतीय आधारमा संविधान पारित गर्न खोजे सडक र सदन चर्काउने चेतावनी दिएको छ । सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नेमकिपाले प्रजातन्त्रको मूल्य र मान्यताबितरित संबिधान जारी गर्न केही दलहरु अग्रसर भएको भन्दै त्यसो भए सदन र सडक चर्काउने चेतावनी दिएको हो ।

संविधानमा रहेका सबै दलको भावना अनुरुप नै संबिधानसभाबाट संबिधान जारी गर्नुपर्नेमा जोड दिदै नेमकिपाले चार दलको आडमा संविधानसभा अध्यक्षले पनि बहुमतको तानाशाही नाटक मञ्चन गर्न खोजेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभाभित्र संविधानसभाका अध्यक्ष तटस्थ बस्नुपर्नेमा उल्टै अन्य दलहरुलाई अंकुस लगाउने कार्य गरेको भन्दै त्यस विरुद्ध लड्ने चेतावनी दिए । सबै दलले संविधानसभामा आफ्नो भावना राख्न पाउनुपर्ने र त्यसैका आधारमा संविधान जारी हुनुपर्ने धारणा व्यक्त गरे ।
पत्रकार सम्मेलनमा नेमकिपाले संसदको सर्वोच्चता, नागरिकता, सम्पत्तिको हक , सिमांकनलगायतका विषयमा फरक मत राखेको पनि जनाएको छ । चार दलले नै संविधानका विभिन्न विषयमा निर्णय गर्दा संविधानसभाभित्र रहेको ६ सय १ सभासदको अधिकार नै हनन गरेको समेत नेमकिपाको आरोप छ ।











