६ भदौ, काठमाडौं । राप्रपा नेपालका सभासदहरुको नाराबाजीका बीच नयाँ संविधानको विधेयक संविधानसभामा पेश भएको छ ।
फोरम लोकतान्त्रिकसहितका मधेस केन्द्रीत दलहरुले आइतबार साँझ बसेको बैठक बहिस्कार गरेका थिए । राप्रपा नेपालका सभासदहरुले भने हिन्दु राष्ट्र नभएको भन्दै नाराबाजी गरेका छन् ।
नाराबाजीका बीच मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले विधेयक पेश गरेका छन् ।
केही दल संविधानसभाबाट बाहिरिएको र केही दलले नाराबाजी गरिरहेको भन्दै उनले दलहरुले वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरेका छन् । ‘विधेयक परिर्माजन गरेर संविधान दिन सकिन्छ’ सभापति सिटौलाले भने- ‘नाराबाजी गर्ने र बहिस्कार गर्ने समय होइन । एक ठाउँमा बसेर आफ्ना विचार राख्नु पर्ने समय हो ।’
सभापति सिटौलाले संविधानसभामा अब राजतन्त्रबारे छलफल हुन नसक्ने बताए ।











