६ भदौ, काठमाडौं । नेटवर्कको समस्या आइरहेको नेपाल टेलिकमले १२ सय टावरसहित चालु आर्थिक वर्षमा अझै धेरै मोबाइल सेवा थप्ने भएको छ । टेलिकमले यस वर्ष जिएसएमतर्फ साढे २० लाख भन्दा बढी ग्राहक थप गर्ने योजना बनाएको प्रबन्ध निर्देशक बुद्धि आचार्यले बताएका छन् ।
गुणस्तरिय सेवामा जोड दिदै ग्राहक बढाउने लक्ष्य राखिएको टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यले जानकारी दिए ।
गुणस्तर बिग्रन नदिन नियमित अनुगम र मुल्यांकनका लागि आवश्यक स्थानमा टेलिकमले ग्राहक सेवा केन्द्र नेटवर्क सन्चालक केन्द्र स्थापना गर्ने भएको पनि उनले जानकारी दिए ।
अहिले टेलिकमको जिएसएम मोबाइलका ग्राहकको संख्या १ करोड ८ लाख छ । त्यस्तै डाटा सेवातर्फ २० लाख ग्राहक थप गरी कम्पनीको ग्राहक आधार ८६ लाख २४ हजार पुर्याउने आचार्यले बताए ।
सेवाको गुणस्तरीयताका लागि टेलिकमले तत्काल चार विकास क्षेत्रमा ५ सय ४८ र दोस्रो चरणमा काठमाडौं र पश्चिमान्चलमा ६ सय ७६ नयँ टावर थप गर्ने योजना रहेको समेत आचार्यले बताए ।












