६ भदौ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दले उपत्त्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।
सार्वजनिक सवारी सधान निकै कम चलेका छन् भने बजार पनि खुल्न सकेको छैन । बौद्ध, कलंकी क्षेत्रमा केही सवारी साधनमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
जबरजस्ती बन्द गराउँदै हिडेको भन्दै प्रहरीले गुरुङ संघको अध्यक्ष रेशम गुरुङसहितको समूहलाई बालाजु क्षेत्रबाट पक्राउ गरेको छ । उपत्यकाबाट मात्र ५५ जना बन्दकर्ता पक्राउ परेका छन् । तोडफोडका बाबुुजुद पनि सडकमा आंशिक रुपमा सवारी साधन चलेका छन् ।
पहिचानमा आधारमा प्रदेशहरुको सीमांकन गर्नु पर्ने, जागिरमा समावेशी र आरक्षणको व्यवस्था गर्नुपर्ने भन्दै जनजाति महासंघले आइतबार र सोमबार नेपाल बन्दको आह्वान गरेको छ ।











