६ भदौ, इनरुवा । केही मधेसी दलका नेताहरुले नयाँ संविधानका लागि प्रमुख नलले गरेको संघीयताको स्वरुपको विरोध गरेका वेला सुनसरीका आदिवासी जनजाति किसान अर्थात् उरावहरुले १ नम्बर प्रदेशमा राखिएको जिल्लाहरु जायज रहेको बताएका छन । शनिबार उराव सभासद सुर्यदेवदास उराँवको उपस्थितिमा सम्पन्न भएको संविधान निर्माण र १ प्रदेशको विषयक अन्तक्रिया कार्यक्रममा उरावहरुले सो कुरा बताएका हुन् ।
निरधारण गरेको १ नम्बर प्रदेशमा आदिवासी जनजाती सहित उरावहरुको पनि अधिकार सुनिश्चित हुने भएकोले स्वागत गर्नुपर्ने बलाराम उरावले बताए । कार्यक्रममा बिभिन्न संघसंगठनका उराबहरुले सहभागिता जनाएका थिए । कार्यक्रमका प्रमुख अतिथि सभासद सुर्यदेव उरावले देशमा संविधान जारी गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए । त्यसमा उरावहरुले संघियताको बिषयमा र १ नम्बर प्रदेशको बिषयमा स्वागत गरेको जानकारी दिए ।
पूर्वका उराव जनजातिले स्वागत गरिरहेका वेला केही मधेसी दलका नेताले झापा, मोरङ र सुनसरीलाई पनि मधेस क्षेत्रभित्र हाल्न चाहेको नियत अझै प्रष्ट भएको छ । मधेसीहरुले भने उराव र राजवंशीकै यस्तो माग भएको दावी गर्ने गरेका छन् ।













