६ भदौ, काठमाडौं । संविधानसभाको बैठक आइतबार साँझका लागि बोलाइएको छ ।
संविधानसभा सचिवालयले शनिबार एक सूचना जारी गर्दै संविधानसभाको बैठक आइतबार साँझ ६ बजे बस्ने जानकारी दिएको हो । बैठकमा मस्यौदा समितिले तयार पारेको संविधानको परिमार्जित विधेयक प्रस्तुत गरिने छ ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार मस्यौदा समितिले ७ प्रदेशसहितको संघीयताको खाकासहितको संविधानको विधेयक तयार पारी संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाइसकेको छ ।











