५ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा नयाँ दिल्ली पुगेका छन् । शुक्रबार उपचारका लागि दिल्लीको मेदान्त अस्पतालमा उपचार सुरु गरिएका पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङको स्वास्थ्य अवस्थाबारे जानकारी लिन थापा शुक्रबार नै नयाँदिल्ली पुगेका हुन् । शुक्रबार नै गुरुङलाई पार्टी उपाध्यक्ष राजीव पराजुलीको साथमा दिल्ली पठाइएको थियो । महामन्त्री गुरुङलाई पठाएको केही समयपछि नै अध्यक्ष थापा दिल्ली प्रस्थान गरेको जानकारी पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले दिए ।
केही दिनदेखि ग्याष्ट्रिक समस्याबाट पीडित भई नर्भिक अस्पतालमा उपचार गराएका महामन्त्री गुरुङको एक्कासी प्याङक्रियाजमा संक्रमण देखिएपछि चिकित्सकहरु डा. मधु घिमिरे र डा. युवराज शर्माको परामर्शमा उनलाई दिल्ली लगिएको हो ।
मेदान्त अस्पतालमा उनको प्रारम्भिक प्रयोगशाला परिक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ ।
राप्रपा नेपालले एक विज्ञप्ती जारी गर्दै महामन्त्री गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।













