४ भदौ, काठमाडौं । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुरको स्वास्थ्यउपचार नेपालमा हुन नसकेपछि उनलाई शुक्रबार दिल्ली लगिएको छ । नर्भिक अस्पतालका चिकित्सकको सल्लाह बमोजिम महामन्त्री गुरुङलाई उपचारका लागि दिल्ली लगिएको हो।
गुरुङको उपचार दिल्लीस्थित मेदान्त अस्पतालमा गरिने भएको छ। ग्याष्ट्रिक समस्या देखिएपछि गुरुङ बिगत १५ दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए। ग्याष्ट्रिक सँगसँगै प्याङक्रियाजमा संक्रमण देखिएपछि उनलाई दिल्ली लगिएको राप्रपा नेपालले जनाएको छ।
मेदान्त अस्पतालमा वरिष्ठ ग्याष्ट्रो सर्जन डा. रणबीर सुदको टिमले गुरुङको स्वास्थ्य जाँच गर्ने निश्चित भएको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले दिए । गुरुङको साथमा पार्टी उपाध्यक्ष राजीव पराजुली समेत दिल्ली गएको श्रेष्ठले बताए ।












