४ भदौ, काठमाडौं । प्रमुख दलहरु सात प्रदेशमा सहमति नजिक पुगेका छन् । ६ प्रदेशको सीमांकनको विरोध भएपछि दलहरु सात प्रदेशमा सहमति नजिक पुगेका हुन् ।

तर, केही जिल्लाबारे सहमति हुन बाँकी रहेको र छलफल चलिरहेको एक नेताले बताए । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले पनि सात प्रदेशमा सहमतिको प्रयास भइरहेका बताएका छन् ।
मंगलबारको बैठकमा एमाओवादीले कांग्रेस र एमालेले नौंबुँदे साझा प्रस्तावमा अघि सारेको सात प्रदेशको केही जिल्ला मिलाएर सहमति गर्ने प्रस्ताव गरेको थियो ।











