४ भदौ, काभ्रे । अविरल वर्षाले घर भत्किँदा काभ्रे टुकुचानाला-८ मा एक दम्पत्तिको मृत्यु भएको छ । ४१ वर्षीय लक्ष्मण केसी र उनकी श्रीमती ३५ वर्षीया गीताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार केसीले जानकारी दिए ।
भूकम्पपछि माटो र ढुंगाको गारो लगाई जस्ता हालेको १ तले घर भत्किँदा राति सुतिरहेका अवस्थामा घरले उनीहरुलाई थिचेको थियो । नौ वर्षीय छोरा विजय र गिताको दिदीको छोरा दिनेश कार्की घाइते छन् ।













