विहीबार रुपन्देहीमा बन्दको प्रतिकार भएको थियो । प्रतिकारका केही दृश्यहरु हामीले प्रस्तुत गरेका छौं ।
प्रतिकारमा हजारौं जनता सहभागी थिए ।
बन्दकर्ताहरुले सर्वसाधारणलाई सवारी साधन चलाउन नदिने आफूले भने गाउँगाउँबाट ट्रयाक्टर र मोटरसाइकलमा बन्दका लागि मान्छे ओसार्ने गरेका थिए । भैरहवावासीले ती सवारी साधनमाथि आगजनी गरे ।
भूकम्पको मारपछि सामान्य अवस्थामा आउँदै गरेका देशवासीमाथि बन्दको राजनीतिले जीवन गुजारा गर्न गाह्रो भएको भन्दै स्थानीय व्यापारीहरु पनि प्रतिकारमा उत्रिए ।

महिला तथा वृद्धहरु समेत प्रतिकारमा लठ्ठी लिएर उत्रिएका थिए । बन्दकर्तालाई लखेटेपछि पीडितहरुको ओठमा मुस्कान देखिन्थ्यो ।













