३ भदौं, काठमाडौं ।कांग्रेस नेता अर्जुनरसिंह केसी र उनका भाइ जगदीश्वरनरसिंह केसीले गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ ‘घैंटे‘ मारिएकोमा विरोध गरेका छन् । हप्ता असुली गर्न लागिरहेका बेला उल्टै प्रहरीमाथि गोली चलाएका घैंट प्रहरी इन्काउन्टरमा मारिएपछि केसी दाजुभाइले कपोलकल्पित भनाइ सतहमा ल्याएका छन् । नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले अन्य गुण्डाहरु बटुलेर घैंटेको शव रहेको शिक्षण अस्पतालमा नारावाजी समेत गर्न लगाए ।

जगदीश नरसिंह केसीले गृहमन्त्रीको सिधा आदेशमा प्रहरीले कुमार श्रेष्ठ घैंटेमाथि गोली हानेको बताएका छन्। त्रिवि शिक्षण अस्पतालमा घैंटेको अवस्था बुझ्न पुगेका केसीले पत्रकारहरुसँग भनें ‘मास्क लगाएका र सिभिल ड्रेसमा रहेका पाँच जनाले खाना खाइरहेका घैंटेलाई गोली हानेका हुन्।‘ ‘मारिसकेपछि हवाइ फायर गरेर प्रहरीले दोहोरो गोली हानाहानको नाटक गरेको उनले आरोप लगाए ।
प्रहरीको गोली लागि मारिएका घैंटे केसी परिवारसँग नजिक थिए। घैंटेले केसी दाजुभाइलाई रकम असुलीमा समेत सघाउँदै आएको विश्वस्त स्रोत बताउँछ ।
केसी दाजुभाइको यो घट्नाले उनीहरुका विगतका कार्यहरुप्रति समेत प्रश्न उठेको छ । नुवाकोट कांग्रेसका सचिव तथा अर्थमन्त्री रामशरण महतका तत्कालीन निजी सचिव रमेश महतमाथि जस्ता पाता घोटालाको षडयन्त्र जगदीश्वरनरसिंह केसीले गरेको समाचार प्रकाशमा आएको थियो । रमेश महतले केसीको सुनियोजित षडयन्त्रका कारण आफ्नो बद्नामी भएको दावी नेपालदेश डटकमसँग गरेका थिए । आफूसँग डराएर राजनीति भविष्य असुरक्षित हुने ठानी जगदीश्वरले त्यस्तो षडयन्त्र गरेको आरोप समेत लगाएका थिए ।
यस्तो छ घैंटे इन्काउन्टरको भित्री रहस्य











