
कुमार घैंटे बा ५६ प १०० नम्बरको स्कुटरमा सवार थिए । उनी चढेको यो स्कुटर यसरी ढल्यो भने उनको पेस्तोल समेत भूइँमा पुग्यो । उनलाई सात गोली लागेको थियो ।
प्रहरीसँगको गोली हानाहानमा घाइते भएको गुण्डा नाइके कुमार घैंटेको मृत्यु भएको छ । सामाखुसीमा भएको दोहोरो गोली हानाहानमा घाइते भएको घैंटेलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा त्यहीँ उनको मृत्यु भएको हो । अहिले घैंटको पोष्टमार्टम तयारी भैरहेको छ ।
सामाखुसीको कपुरधारामा साढे ११ बजे अपराध अनुसन्धान महाशाखाबाट खटेको प्रहरीको टोलीमाथि घैटेले आक्रमण गरेका थिए। घैंटेको गोली भूइँमा लागेको प्रहरीले जनाएको छ ।
अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरीले खोजी गरिरहेको घैंटेलाई कपुरधारामा भेटेपछि प्रहरी देख्नासाथ घैंटेलो गोली चलाएका थिए। लगत्तै प्रहरीले गोली प्रहार गर्दा उनीसहित तीन जना घाइते भएका छन्। घैंटेलाई कति गोली लागेको छ भन्ने खुलेको छैन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नुवाकोटका कुमार श्रेष्ठ उर्फ कुमार घैटे कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा बसेर आफ्नो प्रभाव विस्तार गरेपछि पछि यी दुबै समुहबाट छुट्टीएर आफ्नै समूह चलाइरहेका छन्।











