३१ साउन, काठमाडौं । विभिन्न दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण विहानैदेखि लामो तथा छोटो दूरिका सवारी साधनहरु चल्न सकेको छैनन् । राजधानीका भित्री गल्लीमा फाटफुट निजी मोटरसाइकल चले पनि मुख्य सडकहरुमा सवारी साधन देखिंदैनन् । नेपाल बन्दको आह्वान गर्दै सवारी साधन रोक्न खोज्ने नेकपा माओवादीका कार्यकर्तालाई प्रहरीले शनिबारदेखि नै पक्राउ जारी राखेको छ । शनिबार तीन दर्जन कार्यकर्ता प्रहरीले पक्राउ गरेकोमा आज विहान समेत विभिन्न स्थानबाट थप कार्यकर्ता नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रित केही दलहरुले आज नेपाल बन्द गरेका हुन् ।











