३० साउन, काठमाडौं । संविधान सभाअन्तर्गतको मस्यौदा समितिले संविधानको विधेयक तयार पार्ने क्रमलाई तीव्रता दिएको छ । मस्यौदा समितिले गठन गरेको कार्यदलको बैठक आज पनि विहानैदेखि जारी छ । शीर्ष नेताहरु सम्मिलित संवाद समितिअन्तर्गतको विशेष समितिको शुक्रबारको बैठकले दिएका सुझावका आधारमा आज कार्यदलले विधेयक तयार पार्ने काम गरिरहेको छ । विशेष समितिले गरेको निर्णयअनुसार नै सोमबारसम्ममा विधेयक तयार पार्ने कार्यमा आफूहरु लागिपरेको जानकारी मस्यौदा समितिका सदस्य भरतमोहन अधिकारीले नेपालदेश डट कमलाई दिए ।











