२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संबिधान बन्न नदिनेले सिमाङ्कनका बिषयमा बिबाद गरेको बताउनुभएको छ । नेपाल भारत सम्बन्धका बिषया रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौमा गरेको साक्षात्कारमा ओलीले मुलुक संघियतामा गईसकेकाले कसैको दवावमा नरोकिने पनि स्पस्ट पार्नुभयो । उहाले संघियतामा जनताले उठाएका आवाजलाई सम्बोधन गर्ने भन्दै निर्धारित ६ प्रदेशमा कुनै ठूलो परिवर्तन नहुने उल्लेख गर्नुभयो । ओलीले अहिलेको ६ प्रदेशसहितको संघिय संरचना उत्कृष्ठ भएको जिकीर पनि गर्नुभयो । अध्यक्ष ओलीले नेपाल भारत बिच देखिएको बिबादलाई कुटनीतिक ढंगबाट समाधान गर्ने पनि बताउनुभयो । केही शक्तिहरु नेपाल भारत सम्बन्ध बिगार्न लागिपरेको भन्दै ओलीले आफुहरुले सफल हुन नदिने स्पस्ट पार्नुभयो ।

साक्षात्कारमा नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले संघियताका बिषयमा केहि गलत बुझाई रहेको उल्लेख गर्नुभयो । उहाले सिमाङ्कनका बिषयमा सत प्रतिशत कुरा मिल्न नसक्ने भन्दै जनताका केहि बिषयलाई संविधानमा परिमार्जन सहित राखिने उल्लेख गर्नुभयो । उपसभापति पौडेलले नेपालको आर्थिक राजनीतिक र सामाजिक विकासमा भारतको सदैव सकारात्मक भूमिका रहेको बताउनुभयो ।
त्यस्तै नेपालका लागी भारतिय राजदुत रञ्जित रेले नेपालको आर्थिक बिकासमा भारतले सदैव साथ दिने आश्वासन दिनुभयो ।
साक्षात्कारमा नेपाली कुटनीतिज्ञहरुले नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउनका लागी सरकारी तहबाट नै छलफल गर्दे अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।











