२८ साउन, काठमाडौं । संविधानको विधेयक तयार गर्न विशे कार्यदल बनाइएको छ । दुई दिनभित्र संविधानको विधेयक तयार गर्ने म्यान्डेटसहित समितिका सभापति कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । शुक्रबार बसेको मस्यौदा समितिको बैठकले कार्यदल बनाएको हो ।

कार्यदलमा सभासद्हरु भरतमोहन अधिकारी, रमेश लेख, जीतेन्द्रदेव र अइन्द्रसुन्दर नेम्वाङ छन्। कार्यदलले विधेयकको मस्यौदा बनाएपछि त्यसबारेमा मुल समितिमा छलफल हुनेछ । छ प्रदेशको सिमांकनमा चार दलबीच भएको सहमतिमा आधारित सम्वाद समितिको प्रतिवेदनलाई संविधौनसभाले बुधबार पारित गरेर पठाएप्छि मस्यौदा समितिले काम थालेको हो ।
समितिका सभापति सिटौलाले युद्धस्तरमा काम गरेर डेडलाइनअनुसार नै काम पुरा गर्ने बताए । उनले भदौं १५ मा संविधान जारी गर्ने गरी काम अघि बढाइएको स्पष्ट पार्दै भने, धेरै काम भइसकेको छ । त्यसलाई अब अभिलेखीकरण गरेर अन्तिम रुप दिने मात्रै हो ।विशेष कार्यदलले चार दलका शीर्ष नेताहरुसँग निरन्तर समन्वय र सम्वादका आधारमा मस्यौलाई अन्तिम रुप दिने छ ।











