२८ साउन, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भदौको दोस्रो सातासम्म नयाँ संविधान जारी हुने बताउनुभएको छ । नेकपा एमाले मोरङ जिल्ला कमिटीले बिहीबार विराटनगरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले प्रदेशको सीमांकनमा देखिएको समस्यालाई राजनीतिक रुपमा समाधान गरी भदौ १२ गतेसम्ममा संविधान जारी गरिने बताउनुभयो ।
मुलुकलाई आर्थिक र सामाजिक परिवर्तन गर्न सक्ने खालको नयाँ संविधान जारी हुने स्पष्ट पार्दै नेता नेपालले विशेषज्ञसहितको टोलीको सहयोगमा प्रदेशको सीमांकन छुट्याउने काम भएको उल्लेख गर्नुभयो । सबैको भवनालाई समेट्न नसक्दा सीमांकनका विषयमा केही विवाद सिर्जना भएको उहाको भनाई छ ।











