२७ साउन, काठमाडौं । केहीदिनअघि सार्वजनिक भएको केदारभक्त माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन हुनु पर्नेलगायतका माग राख्दै बुधबारदेखि अनशन थाल्ने तयारी गरेका डा. गोविन्द केसीले सरकारको आग्रहपछि दुई हप्ताका लागि अनशन स्थगीत गरेका छन्।

बुधबार बिहान राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, आयोगमा शिक्षा र स्वास्थ्य हेर्ने सदस्य यज्ञबहादुर कार्की, नेपाल सरकारको शिक्षा, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवको टोलीले केसीलाई शिक्षण अस्पताल महाराजगञ्जमा भेटी कार्कीको अध्यक्षता माथेमा प्रतिवेदन कार्यान्वयन गर्न समिति बनेको र सो समितिले काम गरिरहेकाले एक महिनासम्म अनशन नथाल्न केसीलाई आग्रह गरेका थिए।
टोलीको आग्रहपछि केसीले भदौ ७ गते सोमबारसम्म आफूले कुर्ने बताएका हुन्।











