२६ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षामान पुनः अनन्तले नयाँ संविधानमा राज्य धर्मनिरपेक्ष भए पनि नागरिकको धर्म मान्ने अधिकार सुरक्षित हुने स्पष्ट पारेका छन् । अखिल नेपाल जनजाती सम्मेलनले काठमाडौंमा आयोजना गरेको नयाँ संविधानमा धर्म निरपेक्षताको सुनिश्चितताको प्रश्न विषयक अन्र्तक्रियामा बोल्दै उनले आन्दोलनको मुलभुत कुरा धर्म निरपेक्षता भएको स्पष्ट पारे । अहिले विभिन्न कोणबाट धार्मिक सद्भावलाई विथोल्ने प्रयास भईरहेको भन्दै यसतर्फ सचेत भएर गतिविधि गर्न उनले आग्रह गरे ।
शिर्ष नेताहरुले आफ्नो मत र सुगमताको आधारमा सीमांकन गरेको आरोप लगाउँदै उनले अहिलेको सीमांकन केही नेताले आफ्नो राजनीतिक स्वार्थ पुरा गर्नेगरी ल्याएको अनन्तको भनाइ थियो ।











