काठमाडौ, २६ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ढिलो भए पनि भदौको दोस्रो साताभित्र संविधान जारी भएर तेस्रो साताभित्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनिसक्ने दावी गरेका छन ।
काठमाडौंमा मंगलबार आयोजित साक्षात्कारमा उनले सरकार निर्माणको विषयमा दलहरुवीच पहिला नै मोटामोटी छलफल भईसकेकोले त्यसमा विवाद नरहेको दावी गरे । उपमहासचिव पौडेलले संविधान जारी हुना साथ सरकार बन्ने र त्यो सरकारमा सबै दललाई सहभागी गराएर राष्ट्रिय स्वरुप दिन नेकपा एमाले हदैसम्म लचिलो भएर प्रस्तुत हुने उनले बताए ।
उनले संविधान निर्माण भएपछि राजनीतिक आन्दोलन सकिने र मुलुकको एउटै लक्ष्य पुनर्निर्माण र नवनिर्माणतर्फ मुलुकलाई समृद्ध बनाउन सबै दलहरु मिलेर जानु पर्ने बताए ।
हरेकको आ–आफ्नै बुझाई र मूल्य मान्यता रहेकोले संविधानसभामा सीमांकनसहितको अन्तिम प्रतिबेदन आईसकेपछि विरोध हुनु स्वभाविक भएपनि अप्रिय घना हुनु दुखद भएको पौडेलको भनाइ थियो ।











