२५ साउन, प्युठान । प्युठानको सदरमुकाम खलंगाबाट बांगेमरोट सौतामारे जाँदै यात्रु बस दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी सार्वजनिक यातायात समितिको ना ३ ख ८३८३ नम्बरको बस पल्टिंदा १० जनाको मृत्यु भएको हो । सोमबार दिउँसो प्यूठान नगरपालिका २ स्थित नेपाली सेनाको व्यारेका नजिक घूम्तीबाट बस ५० मिटर तल खसेको छ ।
दुर्घटनामा २२ भन्दा बढी घाइते भएका छन् । घाइतेको नेपाली सेना, नेपाल प्रहरी स्थानीय समूदायले उद्धारगरि जिल्ला अपताल बिजुवार ल्याउँदै गरेको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।
सरकारी कामकाजको लागि सदरमुकाम आएकाहरु चढेको गाडी र्फकदै गर्दा पल्टिएको हो । दुर्घटनामा चालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा ३८ जना सवार रहेको जनाइएको छ ।













