२५ साउन, झापा । नेपाली कांग्रेसका महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले अहिले कायम गरिएको प्रदेशको सिमाङ्कनलाई अन्तरिम भन्दै यसमा धेरै विवाद नगर्न आग्रह गरेका छन् ।

२०५८ सालमा हत्या भएका झापाको खजुरगाछी गाविसका तत्कालीन अध्यक्ष श्यामसुन्दर यादवको सालिक सिलान्यास गर्ने क्रममा सिटौलाले असन्तुष्टसँग वार्ता भइरहेको पनि बताए । उनले प्रमुख दलका नेतृत्वले असन्तुष्टसँग अप्रत्यक्ष वार्ता गरिरहेको उल्लेख गरे । चाँडै सबै दल एकठाउँमा आउने वातावरण बन्ने दावी समेत उनले गरे । असन्तुष्टलाई मिलाउनु पर्ने भएकाले संविधान भदौको पहिलो साता मात्रै जारी हुनसक्ने पनि उनले बताए ।
उनले प्रदेशको सीमा पछि मिलाउन सकिने पनि बताए । कति कुरा प्रदेशले आफैं मिलाउन सक्ने, धान्न नसक्न प्रदेश अरुसँग मर्ज हुन पनि सक्ने उनले दावी गरे ।











