२३ साउन, काठमाडौं । बल्खुमा नेकपा एमालेको पार्टी मख्यालय शनिबार धुम्बाराहीमा सरेको छ ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पले बल्खुको कार्यालय पूर्ण रुपमा क्षति भएकाले एमालेको कार्यालय सरेको हो ।
भूकम्पले बल्खु कार्यालयलाई क्षति पुर्याएपछि सोही कार्यालयको आँगनमा पाल टागेर पार्टीको काम गरिँदै आएको थियो । लामो समयसम्म अस्थायी संरचनामा काम गर्न नसकिने भएकाले केन्द्रीय कार्यालय नै नयाँ स्थानमा स्थानान्तरण गरिएको एमालेले जानकारी दिएको छ ।
धुम्बाराही स्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय स्थानान्तरण भएको हो । कार्यालयको उद्घाटन शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरे ।
बल्खुको वर्तमान भवन भत्काएर अर्को भवन नबन्दासम्म केन्द्रीय कार्यालय धुम्बाराहीको यही भवनमा रहने जनाइएको छ । यो घर एमाले नेता कृपासुर शेर्पाले पार्टी संचालन गर्न दिएका कारण पनि उनले मन्त्री पद पाएको गोप्य स्रोत बताउँछ ।











