२२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीले नयाँ संविधानमा धर्मनिरपेक्षता नै राख्ने अडान लिने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमामा बसेको संसदीय दलको बैठकले धर्मनिरपेक्षता शब्दलाई बङ्ग्याउन खोजिएको भन्दै नयाँ संविधानमा धर्मनिरपेक्षता नै हुनुपर्ने स्पष्ट पारेको हो । बैठकले ६ या ८ प्रदेशसम्मको संघीयतामा जान सकिने निर्णय समेत गरेको छ । यसैगरी नागरिकताको प्रावधानमा बाबु वा आमाको नाममा नागरिकता दिन सकिने व्यवस्था गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले प्रदेशको सीमांकन र नामांकन टुंगो लगाएर मात्र संविधान जारी गर्नुपर्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।
दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच भइरहेका छलफल र सहमति भएका विषयका बारेमा सभासदहरुलाई जानकारी गराएका थिए ।











