२० साउन, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक पत्रकार सम्मेलनको आयोजना गर्दै रामलल्ली बोटको हत्यामा संलग्नलाई सार्बजनिक गरेको छ । बेलौरी नगरपालिका १०का ५५ बर्षिय बीर बहादुर बोट र श्रीमती ५२ बर्षिय उर्मिला बोटलाइ सार्बजनिक गरिएको हो । उनिहरुले बीर बहादुर बोटकी आफनै भाउजु पर्ने बेलौरी १० बस्ने रामलल्ली बोटलाइ मरणासन्न कुटपिट पछि उनको उपचारका क्रममा मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १८ गते नै उनिहरुलाइ पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो घटनामा संलग्न एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यसैबिच आफनै भतिजा ५ महिने कर्मा शाहलाइ बिष खुवाएर मार्न खोज्ने बेल्डाडी ९की २० बर्षिय समिरा शाहलाइ पनि जिल्ला प्रहरी कार्यालयले सार्बजनिक गरेको छ ।
लामा थरका दुइ युवतीहरुलाइ भारतमा पुरयाइ बेचबिखन गरेको अभियोगमा भुखेल ५ ललितपुरका २२ बर्षिय प्रतिक लामा र पञ्चकन्या ४ मकवानपुरकी २२ बर्षिय सुस्मीता मुक्तान पक्राउ परेका हुन ।
लोकप्रिय सुनचादी पसल महेन्द्रनगरमा ८ तोला सुन चोरीमा संलग्न र इन्टरनेश्नल स्कुलको हाताभित्र संचालनमा रहेको क्यान्टीनमा चोरी गर्ने भीमदत्तनगरपालिका ४का बर्ष ४० का लक्ष्मण सुनार उनकै छोरी बर्ष २० की शारदा लुहार ,बर्ष २६को प्रकाश बोहरा लाइ पक्राउ गरी आजै सार्बजनिक गरिएको छ ।
उनिहरुलाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । दोषीहरुलाइ कानुन बमोजिम कार्वाही गरिने जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरिक्षक किशोर कुमार दाहालले बताउनुभएको छ ।













