२० साउन, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसदमा झूठो विवरण दिएको आरोप सभासद्हरुले लगाएका छन् । मंगलबार विजुलीबजारमा दलितहरुमाथि प्रहरीले निर्मम तरिकाले पिटेको बारे गउहमन्त्रीले वुधबार संसदमा जवाफ दिएपछि दलित सभासद्हरुले आपत्ति जनाएका हुन् ।
प्रहरीले पटक पटक आग्रह गर्दा पनि आन्दोलनकारी उत्तेजित भएर प्रहरीमाथि जाइलागेपछि बिजुलीबजार घटना भएको जवाफ गौतमले सदमा दिएका थिए ।
बिजुलीवजार घटनाबारे बुधबार व्यबस्थापिका संसदको बैठकमा जवाफ दिदै गृहमन्त्री बामदेव गौतमले दलित संघर्ष समिति र दलित अधिकारकर्मीले सार्वजनिक सडकमा प्रर्दशन गर्दे सर्वसाधरणको आवागमनमा अबरोध गरेपछि प्रहरीले हटाउन खोज्दा उक्त घटना भएको उल्लेख गरे । प्रहरीले पटक पटक गरेको आग्रह विपरित उत्तेजीत भएर सार्वजनिक सवारी साधनमा ढुंगामुडा गरेपछि प्रहरीमाथि जाइलाग्दा १२ जना प्रहरी घाइते भएको पनि उहाले बताए । उनले घाइते भएका दलित सभासद र अधिकारकर्मीको उपचार भएको पनि बताए । उक्त घटनाको सत्यतथ्य छानविन गर्न विशेष अनुसन्धान हुने भन्दै गृहमन्त्रीले गौतमले त्यस घटनाको सत्यतथ्य सहितको भिडियो पनि सदनमा पेश गर्ने प्रतिबद्धता जनाए ।
तर गौतमको जवाफबाट असन्तुष्ट सभासद मानबहादुर विश्वकर्माले प्रहरीको ढाकछोप गर्दै गृहमन्त्रीले सदनमा गलत विवरण दिएको आरोप लगाए । विश्वकर्माले उक्त घटनाको निष्पक्ष छानविन गर्न र सबै घाइतेको निःशूल्क उपचारको व्यवस्था गर्न माग गरे । आन्दोलन गर्ने दलितहरुको अधिकारमाथि सरकारले कुनै अंकुश लगाउन खोजेका आरोप समेत उनले लगाए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने बिभिन्न पार्टीका दलित भ्रातृ संगठनले अब बन्ने संविधान दलितमैत्री हुनुपर्ने माग गर्दै मंगलबार काठमाडौंको विजुलीबजारमा गरेको चक्काजाममा प्रहरी हस्तक्षेप हुँदा दर्जनौं घाइते भएका थिए ।











