१८ साउन, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानको मस्यौदामा असन्तुष्ट रहेका दलहरु समेतलाई समेटर संविधान बनाउन भारतले सुझाव दिएको बताएका छन् । भारत भ्रमण गरी सोमवार स्वदेश फिर्ता हुने क्रममा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग भारतको शुभेच्छा सुनाए । भारतले नेपालको नयाँ संविधान चाँडै ल्याउन सुझाव दिएको समेत उनले बताए ।
उनले भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य मन्त्रीहरुसँग समेत दुई पक्षीय भेटवार्ता गरेका थिए । भेटका क्रममा मोदी लगायतका नेताहरुले संविधानको मस्यौदाको विरोध गरी रहेका दलहरुको मागलाई समेटदै सिमाकंन सहितको संविधान ल्याउन सुझाव दिएको नेता देउवाले जानकारी दिए ।
पत्रकारको प्रश्नको जवाफ दिंदै नेता देउवाले आफ्नो भारत भ्रमणको उद्देश्य आफू प्रधानमन्त्री बन्ने कसरतका लागि नभएको बताए ।











