१६ साउन, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका सुपरभाइजर बिनोद पन्डितलाई सेवाग्राहीबाट घुस लिदा दिदा लिदै नियन्त्ररणमा लिएको छ ।
बिद्युतको थ्रि फेज लाइन जडान गरिदिने आश्वासन दिई सेवाग्राहीलाई शनिबार कार्यालयमा बोलाएर २५ हजार रुपैया घुस लिदै गरेको अबस्थामा केन्द्रका सुपरभाइजर पन्डितलाई अख्तियारको टोलीले कार्यालय परिसरमै रंगेहात फेला पारेको हो ।
बिगत ३ महिना देखि बिद्युतको थ्रि फेज लाइन जडान गर्नका लागि प्रयास गरि रहेका सेवाग्राहीबाट ३० हजार घुस घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरिक्षक बसन्त कुबरले जानकारी दिनु भयो ।














