१४ साउन, चितवन । पूर्वी चितवनको पदमपुरमा १२ वर्षकी नातिनीलाई ६७ वर्षका हजुरबाले बलात्कार गरेका छन् । आफ्नै बुवासँँग मामा घर गएकी बेला बुवाको मामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । करणी गर्ने पदमपुर गाविस वडा नं. ५ बस्ने जंगवहादुर विकलाई पदमपुर प्रहरी विटले पक्राउ गरेको छ । भरतपुर हाकिम चोक बस्ने १२ वर्षकी मालती ( नाम परिवर्तन ) विक बुवा सँग मामा घर गएकी थिइन् । मामा घरमै सुतेर आराम गरिरहेका बुवा राजाराम ( नाम परिवर्तन ) बिकले ट्वाइलेटमा छोरी रुँदै गरेको सुनेपछि छोरीलाई के भएछ भन्दै ट्वाइलेट नजिक गएर छोरीलाई बोलाए । छोरीले मावली हजुरवुवाले करणी गरेको भन्दै रुन थालेपछि उनलाई हतार हतार भरतपुर अस्पतालमा स्वास्थ्य उपचारका लागि ल्याइएको छ । करणी पछि घरिघरी छोरी अचेत हुने, रुने कराउने गरिरहेकी छिन नारायणी सेरोफेरो सँग कुरा गर्दै मालतिका बुवा राजारामले भने – हामीलाई आफ्नैले लुटेको छ ।
छोरीलाई बलात्कार गर्ने आफ्ना मामालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयमा उनले निवेदन दिए । जिल्ला प्रहरीले तत्काल टाँडी इलाकालाई पत्र काट्यो । सोही अनुसार टाँडी इलाका प्रहरी कार्यालयले पदमपुर प्रहरी विटलाई पत्रचार गर्यो । दोषी जंगवहादुरलाई पदमपुरकै वडा नं. ५ मा लुकेर बसेको अवस्थावाट पदमपुर प्रहरी विटका प्रमुख हवल्दार बुद्धी घर्तिमगरको टोलीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
यसरी भयो बलात्कार बालिकाका बाबुकै शब्दमा :
‘म मालतीको बुवा राजाराम विक । हिजोदेखि हामी बाबु छोरी मामाको घर, गएको थियौं । हामी पाहुँना भएर गएका थियौ । आज विहान यस्तै १२ बजेको कुरा हो । म खाना खाएर मामाकै घरमा सुतिरहेको थिए । ट्वाइलेट भित्र छोरी रुदै गरेकी आवाज सुनेँ । के भएछ, छोरीलाई नजिकै गएर बोलाए । छोरी झन बेसरी रुन थालिन् । उनी ट्वाइलेटमै लडिरहेकी थिइन् । रुँदै कराउँदै मलाई हजुरवाले बलात्कार गर्यो भन्दै थिइन् । छोरीले सकि नसकि सबै कुरा भनिन् । म बुवा भएर छोरीले रुँदै आफूमाथि हजुरवुवाले गरेको बलत्कारका कुरा बताउँदै अचेत भइन् । म हतार हतार छोरीलाई लिएर भरतपुर अस्पताल पुगेँ । भरतपुर अस्पतालमा मेरो छोरीको उपचार भइहरेको छ । एकछिनमा करणी गरेको नतिजा पनि आउँछ । हामी घरमा बावु छोरी मात्रै बस्छौं । मालतीको आमा साढे २ वर्षदेखि साउँदीमा छिन् । छोरी भरतपुरमै कक्षा ४ मा पढ्छिन् । खै कसको विश्वास गर्ने । आफ्नैले आफैलाई लुट्न थाले । म कसरी यो कुरालाई सहन सकौं । त्यो पापीलाई प्रहरीले पक्राउ गरेको छ भनेर सुने । त्यसलाई हदैसम्म कारवाही गर्नुपर्छ । यो मेरो माग हो । भोली मेरो मालति जस्तै अरुको छोरी वुहारी पनि सुरक्षित छैनन् भन्ने ठान्दै छु ।
जंवहादुर विक पदमपुर गाविसको वडा नं. ५ का बासिन्दा हुन् । ६७ वर्षका उनी काठको मिस्त्री भएर ज्याला मजदुरी गर्छन् ।














