१४ साउन, कास्की । कास्कीको लुम्ले र भदौरे गाविसमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १९ पुगेको छ । लुम्ले गाविस वडा नं. ६ मा १४ जना र भदौरे गाविस वडा नं. ५ मा ५ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये सबैको सनाखत भएको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार लुम्लेमा मृत्यु हुनेहरुमा अर्जुन गुरुङ, सविता पौडेल, बसन्ती विक, चिजा विक, सम्झना विक, सलिना विक, सुनिल विक, मन्जु सुनार र मन्जुकी ३ महिने छोरी रहेका छन् ।

यसैगरी सुनकुमारी जिसी, सुगम जिसी, संगम जिसी, छिरिङ राई र छिरिङकी श्रीमतीको पनि मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले दिएका छन् । लुम्लेमा तीन जना घाइते भएका छन् ।













