१२ साउन, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलरासीको गैंडाकोटस्थित जयश्री खोलाको भाँचिएको पुल छेउँमा डाइभर्सन बनाएर यातायात सेवा सुचारु गराइएको छ । नवलरासीको गैंडाकोट ७ र ९ वडा जोड्ने जयश्री खोलाको ३२ मिटर लामो फलामे पुल भाँचिएपछि झण्डै २४ घण्टा अबरुद्ध यातायात एकतर्फी रुपमा सुरु भएको
हो । खोलामा ह्युमपाइप बिच्छ्याएर डाइभर्सन निर्माण गरेपछि सोमबार साँझदेखि रोकिएका यातायातका साधन झण्डै २४ घण्टापछि गन्तव्यमा लागेका छन् ।
सोमबार साँझ ६ बजेतिर पुल भाँचिएपछि नारायणगढ(बुटवल सडकखण्ड अवरुद्ध भएको थियो । बाटो बन्द भएपछि यात्रुहरुको बिचल्ली भएको थियो ।
डिभिजन सडक कार्यालय बुटवलले बाटो खुलेपछि गाडीहरु चल्न थालेको जानकारी दिएको छ । डाइभर्सनबाट गुड्न पहिलो प्राथमिकता बसलाई दिइएको छ ।