११ साउन, काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार पनि सेयर बजारमा सुधार आएको छ । सोमबार नेप्से परिसूचक ४ दशमलब ३६ अंकले बढेर १ हजार ५८ दशमलब ३१ अंकमा बन्द भएको छ ।
आइतबार नेप्से परिसूचक ५० अंकले बढेर १ हजार ५३ दशमलव ९५ अंकमा पुगेको थियो । सोमबार कुल एक सय १७ कम्पनीको कारोवारबाट ४१ करोड नौ लाख ९२ हजार रुपैयाँ बराबरको छ लाख ६३ हजार नौ सय २१ कित्ता सेयर कारोबार भएको छ ।
सोमबार क वर्गको मात्र कारोवार मापन गर्ने सेन्सेटिभ ईन्डेक्समा २ दशमलव शुन्य ५ अंकले सुधार आई २ सय २६ दशमलव ८९ अंक कायम भएको छ ।
सोमबार बैंकिङ, विकास बैंक र वित्त समूहमा सुधार आएको छ भने जलविद्युत र विमा समूहमा सुधार आएको छ । सोमबार लुम्बीनी बैंक, कृषि विकास बैंक र सिटिटन्स बैंकका सेयरधनीले गुमाएका छन् भने नबिल बैंक प्रमोटर सेयर, नेपाल एस बि आई बैंक र नबिल बैंकका सेयर धनीले धेरै कमाएका छन् ।













