६ साउन, काठमाडौं । वुधबार राति काठमाडौंमा जोडदार भूकम्पको धक्का गएको छ । राति १०ः१५ बजे ५.१ रेक्टरको परकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्र लगायत अन्तर्राष्ट्रिय भूकम्पमापन संस्थाहरुले जनाएको छन् । केन्द्रविन्दु काठमाडौं र सिन्धुपाल्चोकको सिमाना रहेको जनाइएको छ । तर नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भने ४.६ दशमलव रेक्टर स्केलको परकम्प सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । मानिसहरु खाना खाएर सुत्ने तरखरमा रहेका वेला राति दश बजेर १५ मिनेट जाँदा राजधानीमा घरहरु हल्लिएको आवाजसहितको जोडदार धक्क आएको हो । वैशाख १२ गते गएका भूकम्पका परकम्पहरु पातलिंदै गएको अवस्थामा वुधबार भने पुनः एकपल्ट राजधानीवासीलाई झस्काउने गरी परकम्प गएको छ । धक्कासँगै मानिसहरु त्रसित भएर मानिसहरु घरघरबाट बाहिर निस्किएका थिए । मंगलबार मात्रै चार दिनपछिचार रेक्टर स्केलभन्दा माथिको परकम्प दोलखा केन्द्रविन्दु बनाएर ४ दशमल ३ रेक्टर स्केलमा गएको थियो ।
स्मरणीय छ अन्तर्राष्ट्रिय मापन केन्द्रभन्दा नेपालको भूकम्प मापन केन्द्रको रेक्टरस्केलको भिन्नता औषतमा दशमलव चारदेखि पाँचसम्म कम हुने गरेको छ । नेपालमा डिजिटल भूकम्प मापनसम्बन्धि व्यवस्था नहुँदा यस्तो भएको यसभन्दा पहिले नै स्पष्ट भैसकेको छ । त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र विभाग र भूकम्प मापन केन्द्रले छिट्टै नै डिजिटल मापन प्रणाली नेपालमा स्थापना गर्ने तयारी गरिरहेका छन् ।











