६ साउन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको प्रारम्भिक मस्यौदा विभेदकारी भएको भनी आलोचना गरेका छन् । वुधबार वसन्तपुरमा सानो पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न पुगेका पूर्वराजा शाहले मस्यौदा पक्षपात रहित हुनुपर्ने बताउदेै उहाले कसैलाइ काखा कसैलाइ पाखा गर्न नपाइने बताउनुभयो । राजतन्त्रको स्थान मस्यौदामा आवश्यक भएको वा नभएको भन्ने वारे उनले स्पष्ट कुरा नगरे पनि कसैलाई पाखा र कसैलाई काखा गरेको भन्ने अभिव्यक्तिले आफ्नो स्थान र हिन्दू धर्मको स्थान नभएकोतर्फ उनको भनाइ लक्षित थियो । उनले यसभन्दा पहिले नै आफूसँग भएका सहमति कार्यान्वयन गर्न माग गरेकाले त्यही कुराप्रति शाहको वुधबारको भनाइ लक्षित भएको बुझिएको छ ।
उनका समर्थकहरुले आयोजना गरेको काठमाडौको मखनगल्ली स्थित प्रतिलिपि पशुपतिमन्दिरमा पुग्दा शाहको पक्षमा नारावाजी समेत भएको थियो । भुकम्पमा परेर मृत्यु भएकाहरुको आत्माको चिरशान्तिका लागि भन्दै शाहले पूजा अर्चना गरेका थिए ।
करिब एकघण्टा भएको पूजाअर्चनापछि पूर्वराजा शाहले भुकम्पबाट क्षति पुगेको बसन्तपुर क्षेत्रका संरचनाको अवलोकन गरेका थिए ।











