५ साउन, रुपन्देही ।
रुपन्देहीको धकधही चोकमा प्रदर्शनकारीले प्रहरीलाई लखेटेका छन् । प्रहरीलाई लखेटेर उनीहरुले प्रहरी विट नै तोडफोड गरी आगजनी गरेका छन् । संविधानमा जनमत संकलन गर्न गएका सभासद् र प्रहरीमाथि नै प्रदर्शनकारीले आक्रमण गरेका हुन् ।
भ्रष्ट्राचारी पूर्वमन्त्री जेपी गुप्ता र सिके राउतले भारतबाट मानिस ल्याएर प्रहरीमाथि आक्रमण गरेको हाम्रा संवाददाताले जनाएका छन् । प्रहरीले समेत आक्रमणकारीलाई नियन्त्रणमा लिँदा मधेसीलाई अपमानजनक शब्द बोलेको बताइएको छ । त्यसपछि मधेसीहरुले प्रहरीलाई लखेटेर विटमा आगजनी गरेका हुन् । आगजनी र आक्रमणमा मस्यौदाप्रति असन्तुष्ट मधेसी दल समर्थक कार्यकर्ता समेत संलग्न छन् ।
धकधहीमा दिनभरजसो प्रहरी प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरी विटबाट प्रहरीलाई लखेटेपछि प्रदर्शनकारीले विटमा आगो लगाएका छन् । प्रहरी भागेपछि प्रदर्शनकारीले धकधही बजार कब्जामा लिएको भन्दै नारावाजी गरेका थिए । प्रदर्शनकारीले अराकता मच्चाएपछि स्थिति नियन्त्रणमा लिन त्यहाँ थप प्रहरी बल पठाइएको थियो ।
थप प्रहरी बल पुगेपछि प्रहरीले अराजक गतिविधि गर्नेलाई खोजीखोजी समातेको थियो । घरघरमा लुकेका आक्रमणकारीलाई प्रहरीले खोजीखोजी नियन्त्रणमा लिएको हाम्रा संवाददाताले जनाएका छन् ।
यसैगरी रुपन्देहीको सूर्यपूरामा पनि प्रहरी र प्रदर्शनकारीबीच मंगलबार वारम्बार झडप भएको छ । झडपका कारण सुझाव संकलन स्थलमा कम मानिस देखिन्थे । कांग्रेस, एमाले र एमाओवादी लगायतका दल समर्थकले भने सन्त्रासका बीचमा पनि मस्यौदामाथि सुझाव दिएका छन् ।
रुपन्देही झडपका एक्सक्लुसिभ तस्वीर हेर्न यहाँ क्लिक गर्नुहोस् :











