१ साउन, काठमाडौं । बाराको कलैयामा अपहरणपछि बलात्कृत भई ज्यान गुमाएकी कञ्चनकुमारी ठाकुरका नजिकका हकदारलाई आर्थिक सहायता स्वरुप ६ लाख दिने निर्णय सरकारले गरेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । त्यस्तै बारा कलैयामै अपहरणपछि हत्या गरिएका भारत घर भएका अशिश लाल शाहका नजिकका हकदारलाई आर्थिक सहायता ६ लाख दिने निर्णय निर्णय पनि बैठकले गरेको छ ।
बैठकले शान्ति तथा पुननिर्माण मन्त्रालयको प्रस्तावमा स्थानीय शान्ति समितिको म्याद २०७३ असार मसान्त सम्म थप गर्ने निर्णय गरेको छ भने दलित घर परिवार सम्वन्यन बोर्डको कार्यकारी उपाध्यक्षको पदावधि बढीमा एक वर्ष थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।
स्वामि प्रपन्नाचार्यलाई आजीवन मासिक ३० हजार उपलव्ध गराउने निर्णय पनि सरकारले गरेको जानकारी प्रवक्ता रिजालले दिए ।












