३१ असार, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले साउन ८ गते नेपाल बन्दको घोषणा गरेको छ । चीन र भारतले नेपाली भूमि लिपु लेकको हस्तक्षेप हुने गरी गरेको सम्झौताको विरोध गर्दै माओवादीले साउन ८ मा नेपाल बन्दको घोषणा गरेको हो । निेपालको अभिन्न अंग, सामरिक महत्व राख्ने, पर्यटकीय स्थल लिपुलेक भारतले आफ्नो कब्जामा राखेको, भारतीय सेनाले नेपाली भूभागमा अड्डा जमाएको भन्दै माओवादीले विरोध गर्दै आएको छ । यदि लिपुलेक भारतले सदाका लागि लगेमा भनें ५३ दशमलव १२ वर्ग किलोमिटर नेपालको जमिन गुम्ने समेत माओवादीले दावी गरेको छ।
लिपु लेक सम्झौताबारे अहिलेसम्म नेपाल सरकारले कुनै चासो नदेखाएको तथा भारत र चीनले समेत वेवास्ता गरेको विरोधमा नेपाल बन्दको गर्न लागिएको सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।











