२९ असार, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले निजामति सेवा (चौथो संशोधन) ऐन, २०७२ प्रमाणिकारण गरेका छन् । संसदबाट पारित ऐन यादवले आज मंगलबार प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्ती प्रकाशित गरेर जनाएको छ । ऐन प्रमाणिकारण भएसँग विदेशको ग्रिनकार्ड तथा डिभी तथा पिआर लिने निजामति कर्मचारीहरुको वर्खास्तगी सुरु हुनेछ । डिभी पिआर छाड्ने या निजामति सेवा छाड्ने भन्ने निर्णय कर्मचारीले अनिवार्य रुपले गर्नुपर्ने व्यवस्था ऐनमा छ ।











